Logo

उपत्यकामा जोर-बिजोर प्रणाली हट्यो, के-के खुले, के-के अझै बन्द ? (सुचिसहित)



Spread the love

२० असार, काठमाडाैँ । काठमाडाैँ उपत्यकाभित्र जोर-बिजोर प्रणालीको अन्त्य भएको छ । आइतबार काठमाडाैँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

तथापी, उपत्यकामा असार ३१ गतेसम्म निषेधाज्ञा भने कायमै रहनेछन् ।

त्यस्तै, काठमाडाैँ उपत्यकामा २२ गतेदेखि सफा ट्याम्पो र माइक्रो बससमेत चल्न पाउने भएका छन् । यसभन्दा अघि २५ सिट क्षमताभन्दा बढीका बसहरू मात्रै चल्न दिइएको थियो ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्