
२३ असार, राैतहट । राैतहटमा दुर्लभ प्रजातीको काग देखिएको छ । सामान्यतया काग कालो रंगको हुने भएता पनि राैतहटको रौतहटको वृन्दावन नगरपालिका ४ पल्टुआमा भने सेतो रंगको काग देखिएको हो ।
सेतो रंगको काग देखिएपछि हेनका लागि मानिसहरूको भीड हुन सुरू भएको छ ।
कागको बासस्थान भने पत्ता लागि नसकेको र खोजी गरिरहेको स्थानीयहरूले प्रतिक्रिया दिएका छन् ।
स्थानीय कृषको खेलमा कम्तिमा पनि दिनको एक पटक सेतो काग देखिने गरेको बताइएको छ ।
सेतो कागको अंग्रेजी नाम ‘लेउसिस्टिक अमेरिकन क्रो’ हो । यो संसारमै दुर्लभ पंक्षीमध्ये एकमा पर्छ ।
प्रतिक्रिया दिनुहोस्