Logo

‘राष्ट्रपतिले भाईलाई नै प्रधानमन्त्री नियुक्ती गर्छु भन्ने परिस्थिति आयो’



Spread the love

२३ असार, काठमाडाैँ । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रपतिले भाईलाई प्रधानमन्त्रीमा नियुक्ती गर्ने परिस्थिति आएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले राष्ट्रपतिले संविधान उल्लङ्घन गर्दै जे पनि गर्न थालेको भन्दै भाईलाई नै प्रधानमन्त्रीमा नियुक्ती गर्ने परिस्थिति उत्पन्न हुन लागेको बताए ।

‘यदि नेपालको संविधानमा पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नियुक्त गर्ने छ लेखेको भए, आहा म त मेरै भाइलाई नियुक्त गर्छु, संविधानले त राष्ट्रपतिलाई पूरा अधिकार दिएको छ । भाइलाई गर्न पाइँदैन, अरूलाई गर्न पाउँदैन भनेर लेख्या छैन । त्यस कारण म त गर्छु भन्ने खालका परिस्थिति देशमा आयो । यो बढो विडम्बनाको परिस्थिति हो ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्