Logo

हाइटीका राष्ट्रपतिको हत्या



Spread the love

२३ असार, एजेन्सी । हाइटीका राष्ट्रपतिको हत्या भएको छ । उनको नीजि निवासमा भएको आक्रमणमा हाइटीका राष्ट्रपति जोभेनल मोइजको हत्या भएको बिबिसीले लेखेको छ ।

हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले एक विज्ञप्ती निकालेर राष्ट्रपति मोएजको हत्या भएको पुष्टि गरेको पनि बिबिसीमा उल्लेख छ ।

जोसेफको विज्ञप्ती अनुसार हतियारधारी अपरिचित व्यक्तिहरूले स्थानीय समय अनुसार १ बजे राष्ट्रपति मोएजको घरमा आक्रमण गरेको थिए ।

उक्त आक्रमणमा हाइटीको प्रथम महिला पनि घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्