Logo

५८ किलो गाँजा सहित २ जना पक्राउ



Spread the love

२४ असार, हेटाैँडा । नेपाल प्रहरीले ५७ किलो ९०० ग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार मकवानपुर प्रहरीले उक्त परिमाणको गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रहरीले गाडीका चालक चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार चितवनकै वर्ष ४८ को लालजी साह रहेका छन् ।

चितवनबाट बारातर्फ जाँदै गरेको ना. ४ च १५०१५ नम्वरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू गाँजा सहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतरा पूर्व पश्चिम सडक खण्डबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्