Logo

भागीरथ चलाउनेको तीज गीत ‘थोपडाले धोका दियो बरिलै’ सार्वजनिक (भिडियो)



Spread the love

२४ असार, काठमाडाैँ । भागीरथ चलाउनेले नयाँ तीज गीत बजारमा ल्याएका छन् । बिहीबार उनले आफ्नै युट्युब च्यानलबाट ‘थोपडाले धोका दियो बरिलै’ सार्वजनिक गरेका हुन् ।

रामु पोर्तेलले रचना गरेका उक्त गीतका शब्दमा भागीरथ चलाउनले संगीत भरेका छन् भने चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । ‘स्टुडियो मालाश्री’ मा रेकर्ड गरिएको उक्त गीतको संगीत संयोजन विनोज बाजुरालीले गरेका छन् ।

त्यसैगरी, उक्त गीतको भिडियोमा करिश्मा ढकाल र भागीरथ चलाउनेको नृत्य तथा अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडयो नवराज उप्रेतीले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोको कोरियोग्राफी निर्देशक भट्टले नै गरेका छन् ।

गीतको भिडियो साइ भिजन प्राइभेट लिमिटेडले निर्माण गरेको हो ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्