Logo

२ समूहबीच झडप, ८ वटा मोटरसाइकलमा आगजनी, झडप देखेर ७० वर्षीय वृद्धको मृत्यु



Spread the love

२५ असार, राैतहट । राैतहटमा २ समूहबीच झडप भएको छ । जग्गाको विषयमा भएको उक्त झडपमा १० जना घाइते भएका छन् ।

त्यस्तै, सोही झडपका कारण केही घर र ८ वटा मोटर साइकलमा आगजनी समेत भएको बताइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार छिमेकीमा भएको उक्त विवाद र तोडफोड देखेर स्थानी ७० वर्षीय वृद्ध जगरनाथ चौधरीको हृदयघातबाट मृत्यु समेत भएको छ ।

घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।

प्रतिक्रिया दिनुहोस्