Logo

एमाले कार्यदल बैठक सकियो, सुखद् समाचार भोली सुन्न पाइने



Spread the love

२६ असार, काठमाडाैँ । एमाले विवाद समाधानका लागि गठित कार्यदलको शनिबार बसेको बैठक सकिएको छ । शनिबार बसेको बैठक सहमति नजिक पुगेको भन्दै भोली पुनः बस्ने नेता गोकर्ण विष्टले जानकारी दिएका छन् ।

उनले बैठकबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै बैठक सहमति नजिक पुगेको जानकारी दिएका हुन् ।

‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ विष्टले भने, ‘अहिले विश्वासको वातावरण बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्