Logo

सेल्फी लिँदै गरेका ११ जनाको चट्याङ लागेर मृत्यु



Spread the love

२८ असार, एजेन्सी । चट्याङ लागेर एकै पटक ११ जनाको मृत्यु भएको छ । भारतको उत्तरी शहर जैपुरमा आइतबार चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने धेरै घाइते पनि भएका छन् ।

जैपुरको प्रसिद्ध पर्यटकीयस्थलको भ्यु टावरमा सेल्फी लिइरहेको बेला चट्याङ लागेर उनीहरूको मृत्यु भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।

उक्त घटना भएको बेला भ्यु टावरमा २७ जना रहेको अधिकारीहरूले बताएका छन् । चट्याङ लागेपछि केही मानिसहरू टावरबाट भुइँमा हाम फालेको पनि बताइएको छ ।

भारतमा वर्षेनी चट्याङ लागेर धेरै मानिसको मृत्यु हुनेको गरेको छ । २००४ साल देखि प्रत्येक वर्ष २००० मानिसको चट्याङ लागेर मृत्यु हुने गरेको भारतको तथ्यांक छ ।

भारतीय प्रहरी अधिकारीका अनुसार चट्याङ लागेर मृत्यु हुने अधिकांश युवायुवती रहेका छन् ।

भारतमा जैपुरको अलावा आइतबार मात्रै राजस्थानका अन्य स्थानमा पनि ९ जनाको चट्याङ लागेर मृत्यु भएको बताइएको छ ।

राजस्थानमा मुख्यमन्त्री अशोक गेहलोटले उक्त घटनामा परी घाइते भएका परिवारलाई क्षतिपूर्ति स्वरूप ५ लाख रूपैँया दिने घोषणा गरेका छन् ।

भारतीय माैसव विभागका अनुसार वातावरणीय प्रभावका कारण सन् १९६० देखि चट्याङ लागेर मृत्यु हुनेको संख्या दोब्बर हुँदै गइरहेको छ ।

सन् २०१८ मा १३ घण्टाको अवधिमा आन्ध्र प्रदेशमा मात्रै ३६ हजार ७४९ पटक चट्याङ परेको रेकर्ट भएको थियो ।

भारतीय अधिकारीहरूका अनुसार रूखहरू कम भएको ठाउँमा चट्याङ पर्ने धेरै सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्