Logo

२८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश



Spread the love

२८ असार, काठमाडाैँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको फैसला सुनाउदै सर्वोच्च २ दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो ।

त्यस्तै, सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर समेत गरिदिएको छ । प्रतिनिधि सभा विघटन विरुद्ध १४६ सांसदले रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्चले रिटकै पक्षमा फैसला सुनाएको हो ।

देउवालाई एमालेका २६ र जसपाका १२ सांसद्ले हस्ताक्षर सहित समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्