Logo

ओली सरकारको अन्तिम काम, गाडीभाडा २८ प्रतिशतसम्मले बढ्यो



Spread the love

काठमाडाैँ । सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २० देखि २८ प्रतिशतसम्म बढाएको हो ।

यातायात व्यवस्था विभागले बुधबार एक सुचना जारी गर्दै कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादरमा वृद्धि भएको जानकारी दिएको छ ।

विभागले जारी गरेको सुचना अनुसार यात्रुवाहक सवारीको भाडामा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशतले भाडा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्