Logo

अमेरिकामा एक नेपालीद्वारा अर्को नेपालीको गोली हानी हत्या



Spread the love

३१ असार, काठमाडाैँ । अमेरिकामा एक जना नेपालीले अर्को एक नेपालीको गोली हानी हत्या गरेका छन् ।

अमेरिकाको न्यूजजर्सीस्थित मावा भन्ने शहरमा एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका हुन् ।

अमेरिकाको न्यूजर्सीको ग्यास स्टेशन तथा सुपरमार्केटमा काम गर्ने २३ वर्षिय मिलन घिमिरेले गत सोमबार ५६ वर्षिय फू छेवाङ्गलाई गोली हानी हत्या गरेका हुन् । गोली हानेर घिमिरेले आफै प्रहरीलाई खबर गरेको बताइएको छ ।

प्रहरीले बताए अनुसार उनीहरू दुबैजना एकैठाउँमा काम गर्ने सहकर्मी हुन् । घिमिरेले फू छेवाङ्गमाथि कैयाैँ राउन्ड गोली हानेको बताइएको छ ।

प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्