Logo

प्रचण्ड, नेपाल र विप्लवबीच एकसाथ भेटवार्ता



Spread the love

३१ असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान माधव कुमार नेपालको निवास कोटेश्वरमा तीन जना नेताबीच छलफल भएको गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

उनीहरू तीन जनाको छलफलमा धर्मेन्द्र बाँस्तोला पनि उपस्थित थिए । नेपाल र विप्लवबीच कुराकानी भएको र त्यसपछि प्रचण्ड पनि वार्तामा पुगेको बताइएको छ ।

विप्लव र बाँस्तोलाले बुधबार प्रचण्डलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्