Logo

रहिनन् भेटरान अभिनेत्री सुरेखा सिक्री



Spread the love

एजेन्सी । भारतीय भेटरान अभिनेत्री सुरेखा सिक्रीको निधन भएको छ । हृदयघातका कारण अधिनेत्री सिक्रीको ७५ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो ।

उनको मृत्यु भएपछि मनोज बाजपायी, सिद्धार्थ शुक्ला, अनुभव सिंह र सुशान्त सिंह जस्ता चर्चित व्यक्तिहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सिक्रीमा म्यानेजरले इन्स्टाग्राममा लेखेका छन्, ‘तीन पटक राष्ट्रिय अवार्ड जितेको अभिनेत्री सुरेखा सिक्रीको ७५ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको छ । उनी दोश्रो पटकको मष्तिष्कघातसँगै विभिन्न जटिलताहरूको सामना गरिरहेकी थिइन् । उनी अन्तिमसम्म परिवारहरूले घेरिएकी थिइन् । अहिले उनको परिवारले गोपनीयताको माग गरिरहेको छ । ओम साइ राम’

सन् १९७८ मा किस्सा कुर्सी फिल्ममार्फत उनले स्क्रीनमा डेब्यु गरेकी थिइन् । सन् १९९० को दशकमा उनी बनेगी अपनि बात, र जस्ट मोहब्बत जस्ता चर्चित टेलिभिजन कार्यक्रकमा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्