Logo

ट्याक्टर र टेम्पो ठोकिँदा झापामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते



Spread the love

१ साउन, काठमाडौँ । सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टर र बनियानीबाट भद्रपुरतर्फ यात्रु लिएर आउँदै गरेको अटो रिक्सा एक–आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनाबाट एक जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा भद्रपुर १ केन्द्रमोड बस्ने ३६ वर्षीया नानी भनिने छविमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, टेम्पोमा सवार सोही ठाउँका करिब ४० वर्षीय अर्का डम्बरबहादुर लिम्बूको ओमसाई अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक सोही ठाउँका ४२ वर्षीय नरबहादुर लिम्बूको उपचार भइरहेको छ । उनको टाउको, खट्टामा चोट लागेको प्रहरीले बताएको छ ।

दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छन् । दुर्घटनापछि ट्याक्टर चालक कचनकवल ३ बस्ने ३३ वर्षीय सागरसिंह राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्