Logo

२ जना पुरूषको अण्डकोष काटेका व्यक्ति रिहा



Spread the love

२ साउन, एजेन्सी । २ जना व्यक्तिको अण्डकोष काट्ने व्यक्तिलाई जेलबाट छुटाइने भएको छ । उनीहरूकै सहमतिमा अण्डकोष काटेको पाइएपछि रायन एन्ड्र्यु किंगलाई जेलबाट छुटाइने भएको हो ।

गत वर्षको जुलाइ महिनामा प्रहरीले किंगको फ्रिजमा अण्डकोषका टुक्राहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो ।

२८ वर्षीय किंग शुक्रबार अष्ट्रेलियाको ब्रिसबेनको जिल्ला अदालतमा अर्काको शरीरमा असर पुर्याउने कार्य गरेको कसुरमा दोषी सावित भएका थिए । अदालतले २०१९ को सेप्टेम्बर र २०२० को जुलाइमा २ जना मानिसहरूले किंगसँग भेटेको बताएको थियो ।

तर, किंगले ती २ जनाकै सहमितमा उनीहरूको गोप्य अंग काटेको पुष्टि भएको छ । यद्यपी, उक्त घटनाका दोश्रो व्यक्तिको शरीरमा अप्रेशनपछि समस्या देखिएपछि प्रहरी त्यसतर्फ चनाखो भएको थियो ।

किंगले उक्त अप्रेशन गर्दा उनीसँग अप्रेशनको लाइसेन्स समेत नभएको पाइएको छ । सोही कारण उनलाई वकिल रिचार्ड जोन्सले साँढे तीन वर्ष जेल सजाय सुनाएका थिए । समय बित्दै जाँदा उनले किंगलाई तुरुन्त रिहा गर्ने आदेश दिएका छन् । किंगलाई तीन वर्ष निगरानीमा राखिने आदेश पनि जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्