Logo

माओवादी केन्द्रका दुई मन्त्रीले लिए सपथ



Spread the love

२ साउन, जनकपुर । प्रदेश नम्बर २ मा माओवादी केन्द्रका दुई मन्त्रीले सपथ लिएका छन् । शनिबार माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

माओवादी केन्द्रबाट भरत प्रसाद साह र रुवी कर्णले शनिबार शपथ लिएका हुन् । मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झाले र राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ ग्रहण गराए ।

प्रदेश २ मा साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णले आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्