Logo

देउवाका ज्योतिषीले गरे अर्को भविष्यवाणी



Spread the love

३ असार, काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबारे भविष्यबाणी गरेर चर्चा कमाएका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको ज्योतिषी रिजालले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएकाे छ । शक्तिकाे उपाशना गर्दै शक्तिशाली अवस्थामै रहदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरुभएकाे गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहकाेबार आईतवार र तुला राशिमा चन्द्रमा भएकाे शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नकालगि आजकाे दिन विशेष कार्य शिद्धिकाे याेग परेकाे छ । नेपालीले विश्वास गरेअनुसार नै अबकाे सरकारले काम गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्