Logo

यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद



Spread the love

४ साउन, काठमाडौँ । नेकपा एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको मतदानमा एमालेका अध्यक्ष केपी ओली पक्षका ८ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ जनाले विश्वासको मतको पक्षमा मत दिएका हुन् ।

देउवालाई माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठले मत दिएका छन् ।

यसैगरि ओली पक्ष मानिने सांसद गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई विश्वासको मत दिएका छन् । आले ओली नेतृत्वको सरकारमा वनमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्