Logo

शेर बहादुर देउवाले विश्वासको मत पाएपछि यसो भन्छन् सूर्य थापा



Spread the love

४ असार, काठमाडाैँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमाले नेता सूर्य थापाले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई ‘टालाटुली बटुली सरकार’को संज्ञा दिएका छन् ।

सोमबार उनले ट्वीट गर्दै साउन ३ को मध्यरात देउवा नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत पाएको टिप्पणी गरेका हुन् । उनले देउवा सरकारलाई विश्वासको मत दिने एमालेका सांसदहरूलाई ‘हरामी गूट’ समेत भनेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘२०७८ साउन ३ को मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्‍यो । काङ्ग्रेस ६१, माके ४९, जसपा३२, हरामी गुट२२ र राष्ट्रिय जनमोर्चा१= १६५ । विपक्षमा एमाले८३, विरामी१०, फ्लोक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ ! हेरौँ त तमासा !’

आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट लिएको विश्वासको मतको पक्षमा १६५ जनाले भोट गरेका थिए । उक्त १६५ जनामा नेकपा एमालेको ओली पक्षका सहित २२ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्