Logo

यी ट्राफिक प्रमुखको घरमा सुनको ट्वाइलेट, यसरी जोडेछन् यति धेरै सम्पत्ति



Spread the love

७ साउन, एजेन्सी । अनियमितताको आरोपमा पक्राउ परेका एक जना ट्राफिक प्रहरीले ट्वाइलेटमा पनि सुनको नै प्रयोग गरेको पाइएको ।

रूसको स्टाभरोपोल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख एलेक्सी साफोनोभलाई पक्राउ गरि उनको घर खोजतलास गर्दा ट्वाइलेटका विभिन्न वस्तुहरूमा सुन प्रयोग गरिएको खुलेको हो ।

अनुसन्धानको टोलीले उनको घरमा अनुसन्धान गर्दा प्राचीन बहुमूल्य सामानहरू पनि फेला पारेको छ । उनले यी सबै सम्पत्ति अनियमितताबाट जोहो गरेको अनुसन्धान टोलीले निष्कर्ष निकालेको छ ।

अनियमितताको प्रकरणमा साफोनोभसहित ६ प्रहरी पक्राउ परेका थिए । उनीहरूले साँढे २ लाख डलर बराबरको रकम घूस लिएको आरोप लागेपछि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्