Logo

८३ वर्षको उमेरमा हरीकलाले पाइन् नागरिकता



Spread the love

७ साउन, गुल्मी । गुल्मीकी एक वृद्धाले ८३ वर्षको उमेरमा नागरिकता पाएकी छन् ।

जिल्लाको सत्यवती गाउँपालिका-६ जोहाङ रैकरकी हरीकला विकले ८३ वर्षको उमेरमा बिहीबार नागरिकता पाएकी हुन् । बिहीबार जिल्ला प्रशासन कार्यालय गुल्मीले वंशजका आधारमा उनलाई नागरिकता उपलब्ध गराएको हो ।

गाडीमा चढ्न नमान्ने र गाउँमा शिविर जादाँ खबर नपाएका कारण अहिलेसम्म नागरिकता पाउन बाट बञ्चित भएको उनका माईला छोरा देव बहादुर विकले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले समय-समयमा एकीकृत घुम्ती शिविर चलाए पनि जनता समक्ष पुग्न सकेको छैन । त्यस्तै, स्थानीय सरकारले पनि नागरिकताको महत्व बुझाउन नसक्दा नागरिकले राज्यबाट सेवा सुविधा पाउने भए मात्रै नागरिकता बनाउने प्रचलन गुल्मीमा रहेको छ ।

नागरिकता नहुदाँ सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित भएकी हरीकलाले अब नागरिकता बने पछि भत्ता पाउने भएकी छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्