Logo

राज कुन्द्रको अफिसमा प्रहरीको छापा, लकरमा लुकाएर राखेका यी कागजातहरू फेला



Spread the love

१० साउन, काठमाडाैँ । अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका भारतीय विजनेसम्यान राज कुन्द्राको अफिसमा मुम्बइको क्राइम ब्रान्चले छापा मारेको छ । शनिबार कुन्द्राको अँधेरीमा रहेको अफिसमा प्रहरीले छापा मारेको हो ।

इन्डिया टुडेको रिपोर्ट अनुसार प्रहरीले उनको अफिसबाट लुकाएर राखेको लकर फेला फारेको छ । उक्त लकरबाट बिजनेसँग सम्बन्धित कागजात र क्रिप्टोकरेन्सीसँग सम्बन्धित डकुमेन्टहरू फेला परेका छन् ।

अहिले ती डकुमेन्टहरू प्रहरीले भेरिफाइ गरिरहेको छ ।

प्रहरीले शनिबार उक्त छापा लुकाएर राखेको लकर खोज्न मै केन्द्रित थियो । अहिले प्रहरीले राज कुन्द्राको अफिसको हिसाबकिताब बारे अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्