Logo

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजिनामा दिने घोषणा



Spread the love

१० साउन, काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजिनामा दिने भएका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफुँले राजिनामा दिन लागेको जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?’

उनी गत चैत २२ गते राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्