Logo

कोरोना भाइरसको भ्याक्सिनको मजाक गर्ने व्यक्तिको कोरोना भाइरसबाटै मृत्यु



Spread the love

१० साउन, एजेन्सी । कोरोना भाइरसविरूद्धको भ्याक्सिनको मजाक उडाउने एक जना व्यक्तिको कोरोना संक्रमणबाट नै मृत्यु भएको छ । अमेरिकाको क्यालिफोर्नियाका स्टेफन हर्मनको कोरोनासँगको लामो लडाइँपछि मृत्यु भएको हो ।

उनी कोरोना भाइरसविरूद्धको भ्याक्सिनको खुलेरै विरोध गर्ने व्यक्त थिए । उनले यो भ्याक्सिन नलगाउन भन्दै विभिन्न सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट समेत गर्ने गरेका थिए ।

उनले जुन महिनामा ९९ वटा स्वास्थ्य समस्या भएता पनि कोरोना भाइरसको भ्याक्सिन नलगाउनु भन्दै ट्वीट समेत गरेका थिए ।

उनको ला एन्जलसको एक अस्पतालमा निमोनिया र कोरोना भाइरसको उपचार भइरहेक थियो । सोही अस्पतालमा बुधबार कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको बिबिसीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्