Logo

१० दिनदेखि हराइरहेकी सम्झनाको शव घर नजिकैको जंगलमा फेला



Spread the love

१० साउन, धादिङ । १० दिनदेखि हराइरहेकी एक युवतीको शव घर नजिकैको जंगलमा फेला परेको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८स्थित जंगलमा अन्दाजी २० वर्षीया सम्झना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनी गत साउन १ गते बेपत्ता भएकी थिइन् ।

अहिले प्रहरी अनुसन्धानका लागि घटनास्थल पुगिसकेको बताइएको छ । आफन्तले उनको शव फेला परेको प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धनपछि अरू कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्