Logo

मुख्य प्रशिक्षकले राजिनामा दिने भनेकै दिन साफ च्याम्पियनशिप आयोजना गर्न नेपाललाई प्रस्ताव



Spread the love

११ साउन, काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ ।

नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न एन्फालाई महासङ्घले पत्र पठाएको हो । साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनशिप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ । यसअघि नेपालले साफ च्याम्पियनशिपका लागि महासङ्घलाई प्रस्ताव पठाएको थियो ।

बङ्गलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनशिप कोरोना महामारीका कारण हुन सकेको थिएन । बङ्गलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो । नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरिसकेको छ ।

हिजो नै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामा दिने बताएका छन् । यद्यपी उनले राजिनामा भने दिइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्