Logo

कोरोना भाइरसको भ्याक्सिन लगाउँदा स्तन बढ्दै गएपछि महिला चिन्तित



Spread the love

११ साउन, एजेन्सी । एक जना महिलाले कोरोना भाइरसको भ्याक्सिन लगाएपछि स्तन बढ्न थालेको बताएकी छिन् । कोरोना भाइरसको फाइजरको भ्याक्सिन लगाएपछि स्तन अप्रत्याशित रूपमा बढेको ती महिलाले दाबी गरेकी हुन् ।

यो घटना अमेरिकाको हो । अमेरिकाको सान फ्रान्सिस्कोकी जुली मजेन्कोले फाइजरको भ्याक्सिन लगाएको २ दिनपछि नै स्तन अप्रत्यासित रूपमा बढेको स्वास्थ्य अधिकारीहरूसँग बताएको अन्तरराष्ट्रिय मिडियामा उल्लेख गरिएको छ ।

उनले फाइजरको भ्याक्सिनको यो साइड इफेक्ट दर्दनाक भएको समेत उल्लेख गरेकी छन् ।

उनले स्तनमा बाहेक घाँटीमा र पाखुरामा समेत दुखाइको महसुश गरेकी छन् । उनले स्तन दुख्न र बढ्न थालेपछि क्यानसर भएको शंका समेत गरेकी छन् ।

उनले परिवारका केही सदस्यमा पहिले नै स्तन क्यान्सर भएको जानकारी समेत दिएकी छन् ।

तर, युनिभर्सिटि अफ क्यालिफोर्नियाकी स्तन क्यान्सर विज्ञ डाक्टर लाउर इसरम्यानले क्यान्सरको मात्रै प्रभाव उनमा नदेखिएको बताएकी छन् । त्यहाँ मजेन्कोको समस्याबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्