Logo

२ राज्यको सिमानामा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु



Spread the love

१२ साउन, एजेन्सी । भारतका २ राज्यको सिमानामा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ । भारतको असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ती प्रहरी जवानको मृत्यु भएको हो ।

असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गर्दै ट्वीटरमार्फत ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली समेत प्रकट गरेका छन् ।

बिबिसी हिन्दीका अनुसार हिजो असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको हो ।

यी २ राज्यबीच लामो समयदेखि विवाद कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्