Logo

मृत्यु भयाे भनेर सामाजिक सञ्जालमा पाेष्ट गरिएका विजय शाही यस्ताे अवस्थामा भेटिए



Spread the love

१३ साउन, काठमाडौँ । आफूलाई ‘मेमोरी किङ’ बताउने विजय शाही कोलिकोट स्थित आफ्नै घरमा भेटिएका छन् । मंगलबार साँझ शाहीको मृत्यु भएको खबर सामाजिक सञ्जालमा एकाएक भाइरल भएको थियो । शाहीको मृत्युको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पुष्टि गरेका छन् । सामान्य विरामी भएर अस्पताल गएका शाही निको भएपछि आफ्नो कालिकोटको महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा रहेको प्रहरीले जानकारी दिएको छ ।

शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गरेपछि प्रहरीले यसबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्