Logo

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता, यी विषयहरुमा भयाे कुराकानी



Spread the love

१३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ ।

टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुबीच् द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र आपसी चासोका विषयमा कुराकानी भएको हो । त्यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत उनीहरुबीच छलफल भएको थियो ।

अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्