Logo

कफि मेकरभित्र लुकाएर दुवईबाट सुन जस्तो देखिने पहेँलो धातु ल्याउने व्यक्ति विमानस्थलबाट पक्राउ



Spread the love

१३ साउन, काठमाडाैँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुसहित एक जना पक्राउ परेका छन् ।

मंगलबार हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौँ आउँदै गरेका गोरखा जिल्ला स्थायी घर भएका पदम परियार पक्राउ परेका हुन् ।

परियारको गतिविधि शंकास्पद देखिएपछि एक्स रे मा चेकजाँच गर्ने क्रममा कफि मेकरभित्र फलामे कप आकारको ३ पत्रले बनेको धातुमा बीचको पत्र सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ । उक्त धातुको तौल ११६५ ग्राम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्