Logo

राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त



Spread the love

१३ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले गरेको सिफारिसका आधारमा संबिधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्