Logo

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु



Spread the love

१३ साउन, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा भएको सडक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । ट्रकले बसलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लखनउ–अयोध्या रोडमा मंगलबार मध्यरातमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट ट्रकले बसलाई ठक्कर दिएको थियो । बसमा १४० जनाभन्दा बढी सवार रहेको प्रहरीले जनाएको छ । धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्