Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?



Spread the love

१४ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाडका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच बुधबार बिहान पनि भेटवार्ता भएको थियो ।

देउवाले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । अहिले सरकारमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्