Logo

ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन् नेपालकी सरस्वती चौधरी



Spread the love

१५ साउन, काठमाडौँ । टोकियो ओलम्पिकमा नेपालको खेल सकिएको छ । आज भएको अन्तिम प्रतिस्पर्धामा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् ।

महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी चौधरीले निर्धारित दुरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन् । सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् ।

टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडीले प्रतिष्पर्धा गरेका थिए । उनीहरू कोही पनि दोश्रो चरणमा पुग्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्