Logo

कोरोना विरूद्धको खोप लगाउनेलाई १०० डलर दिइने



Spread the love

१५ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन् ।

उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेको उल्लेख छ । अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो । सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन् ।

बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्