Logo

इनारमा भेटियो ६ वर्षीया बालिकाको शव



Spread the love

१५ साउन, धनुषा । गणेशमान चारनाथ नगरपालिका– १० बरमझिायाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ । सोमबार विहान घरबाटै हराइरहेकी प्रिति यादवको शव आज इनारमा फेला परेको हो ।

बालिका पिता वीरेन्द्र यादवका अनुसार सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् । बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्