Logo

जसपाका यी ३ जना सांसदको खुस्कियो पद



Spread the love

१६ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशसभाका तीन जना सदस्य पदमुक्त भएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको प्रदेशसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले आज सूचनामार्फत जानकारी गराएका छन् । तीनै जना प्रदेशका मन्त्री हुन् ।

सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, वन तथा वातावरण मन्त्री रहेका छन् ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारकता दिएपछि शङ्कर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाको केन्द्रीय समितिले यी तीन सांसदलाई स्पष्टिकरण सोधी कारवाही गरेको थियो । त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्