Logo

भूटान, मोरिसस र माल्दिभ्ससँग नेपालको तुलना गर्दै भारतीय प्रधानमन्त्री मोदीको यस्तो ट्वीट



Spread the love

१६ साउन, काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-नेपाल सम्बन्धबारे प्रष्ट्याउँदै एक ट्वीट गरेका छन् । शनिबार उनले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गर्दै भारतको सम्बन्ध छिमेकीको भन्दा माथि रहेको उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्