Logo

नदीमा नुहाउन गएका तीन जना बालिकाको मृत्यु



Spread the love

१६ साउन, कैलाली । नदीमा नुहाउन गएका तीन जना बालिकाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका –९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा तीन बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भजनी नगरपालिका – ९ डोङपुरका धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह, रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरी र धनबहादुर सिंहकी ६ वर्षीया छोरी अनु सिंह रहेका छन् ।

उनीहरू शुक्रबार नुहाउन भनेर नदीमा गएका थिए । लक्ष्मी र जेनीको शव शुक्रबार नै फेला परेको थियो भने बेपत्ता भएकी अनुको शव शनिबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार अनुको शव सोही नदीको करिब ३ किलोमिटर पर फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्