Logo

मेलम्चीमा पुनः बाढी



Spread the love

१८ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिए । पानी परेका कारण खोलामा पानीको सतह बढेको अनुमान हो ।

गए रातिदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्