Logo

युवकले बाख्रासँग गरे बिहे, प्रहरीले बिहे गराइदिन पण्डित सहित बेहुलालाई समात्यो



Spread the love

१९ साउन, एजेन्सी । बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने पण्डित पक्राउ परेका छन् । युवकले बाख्रासँग बिहे गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पाकिस्तानी मिडिया द न्यूजमा उल्लेख भए अनुसार यो घटना पाकिस्तानको मिरपुरखास जिल्लामा भएको हो । बाख्रासँग बिहे गर्ने युवक हिन्दु धर्मावलम्बि शोक भेल भएको बताइएको छ । भाइरल भएको भिडियोमा अशोकले हिन्दु धर्मको सबै रीत पुर्याएर बिहे गरेको देखिएको छ । बिहे गर्ने युवकका मातापिता पनि बिहेमा उपस्थित छन् ।

प्रहरीले बेहुला अशोक भेल र बिहे गराइदिने पण्डित भगत भेललाई हिरासतमा लिएको समाचारमा जनाइएको छ ।

पण्डितले प्रहरीलाई सम्बन्धविच्छेद गरेकी महिलाले अविवाहित युवकसँग बिहे गर्नु हुँदैन भन्ने विश्वासका कारण उनले बाख्रासँग बिहे गरेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्