Logo

नदीमा बग्दै गरेका ३० शव भेटिए, छाती, पेट तथा गोडामा गोली लागेको घाउ



Spread the love

१९ साउन, एजेन्सी । सुडानको नदीको किनारमा बग्दै आएका शवहरू भेटिएका छन् । समाचार संस्था रोयटर्सले उल्लेख गरे अनुसार नदीको किनारमा कम्तिमा ३० वटा शवहरू भेटिएका छन् ।

त्यहाँका स्थानीय अधिकारीहरूले ती शवहरू थियोपियाको द्वन्द्वग्रस्त क्षेत्र टिग्रेबाट नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरेका छन् ।

इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा केही समयदेखि द्वन्द्व जारी छ । सोही क्षेत्रमा मारिएकाहरूको शव नदीमा बगेर आएको र ती शवहरू निकालिएको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

सुडानको सेटिट नामले चिनिने नदी किनारमा ती शवहरू भेटिएको बताइएको छ । उक्त नदी इथियोपिया हुँदै सुडानतर्फ बग्ने गर्दछ ।

उक्त नदीको किनारमा भेटिएका शवहरूको छाती, पेट तथा गोडामा गोली लागेको अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्