Logo

नेपालका ४१ वटा राजनीतिक दल खारेज (सुचिसहित)



Spread the love

१९ साउन, काठमाडाैँ । नेपालका विभिन्न ४१ वटा राजनीतिक दलहरू खारेज भएका छन् । निर्वाचन आयोगले विभिन्न ४१ वटा दल खारेज भइको सुची मंगलबार सार्वजनिक गरेको हो ।

मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको जानकारी दिइएको छ ।

दल खारेज भएता पनि ती दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक बर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् । अब निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सिमित भएको छ ।

दर्ता खारेज दलहरूमा अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, लगायतका दलहरूको दर्ता खारेज भएको हो । त्यसैगरी संघीय लिम्बुवान र किराँत खुम्बु वान पार्टी लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्