Logo

बिहे गरेको १ घण्टामै बेहुलीको अचानक मृत्यु भएपछि…



Spread the love

२१ साउन, एजेन्सी । बिहे गरेको एक घण्टामै बेहुलीको मृत्यु भएको छ । इजिप्टको एक गाउँमा बिहे गरेको एक घण्टामा नै बेहुलीको हर्ट अट्याकका कारण मृत्यु भएको हो ।

द सनको रिपोर्ट अनुसार २१ वर्षीया इसरा सावनले आफ्नो जीवनको सबैभन्दा खुसीको दिन समेत मनाउन पाइनन् ।

उनी आफ्नो नयाँ घर इजिप्टको मेडोम भिलेजमा आएपछि थकित देखिएकी थिइन् । त्यसपछि छातीमा कडा दुखाइ महसुश गरेपछि बेहुलीलाई अस्पताल लगिएको थियो ।

तर, उनको अस्पताल नपुग्दै दुःखद निधन भयो । परिवारमा सबैभन्दा खुसीको दिन अचानक दुःखमा परिणत हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्