
२१ साउन, काठमाडाैँ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएको छ । काठमाडाैँको मैतिदेवीमा रहेको उक्त घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरू गरिएको हो ।
काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानले किनेको छ । प्रतिष्ठानले नै अब त्यहाँ संग्रहालय बनाउने बताइएको छ ।
सरकारले २ करोड ५० लाखमा उक्त घर किनेको हो । महाकवी लक्ष्मीप्रसाद देवकोटाले सो घर १९९० सालमा किनेको बताइन्छ ।
उक्त घर १२ आना क्षेत्रफलमा फैलिएको छ । सरकारले सोही स्थानमा ११ करोडभन्दा धेरै खर्च गरेर संग्रहालय बनाउन लागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्