Logo

कुखुराको भाले मर्दा गाउँलेहरू मलामी गए, मालिकले कपाल मुण्डन गरेर नुन छोडे



Spread the love

२२ साउन, दाङ । एउटा कुखुराको भाले मर्दा गाउँलहरू मलामी गएर अन्तिम संस्कार गरेका छन् ।

दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि गाउँलेहरू मलामी गएर हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका हुन् । उक्त भालेका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन् ।

तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेको थियो । उनले १९ वर्ष १० महिनासम्म पालेको भाले मरेको बताएका छन् । उक्त भालेको अन्तिम संस्कारमा २५ जना गाउँलेहरू जम्मा भएको बताइएको छ ।

मरेको भालेलाई खटमा बोकेर मृत मानिस जसरी नै घाटसम्म पुर्याएका थिए ।

तस्बीर श्रोत : eapnepal.com

प्रतिक्रिया दिनुहोस्