२२ साउन, तेह्रथुम । गाउँपालिका अध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ ।
तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको मृत्यु भएपछि गाउँपालिका शैक्षिक तथा संस्था र सरकारी कार्यालहरू बन्द गर्ने विज्ञप्ती सार्वजनिक गरिएको छ ।
पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति ११ : ४० मा निधन भएको जानकारी दिइएको छ ।
उक्त सुचनामा भनिएको छ, ‘यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शुक्रबारका दिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) मा शोक विदा दिने निर्णय भएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’
