Logo

३ करोडमा बिक्री हुदै ५० रूपैयाँको एउटा सिक्का



Spread the love

२३ साउन, एजेन्सी । बेलायतमा एउटै सिक्का २ लाख पाउण्ड अर्थात् ३ करोडमा लिलामी हुने सिक्काका मालिकले विश्वास लिएका छन् ।

बेलायती ३० पेन्स अर्थात् ५० रूपैयाँ बराबरको उक्त सिक्का १२ सय वर्ष पुरानो भएका कारण उक्त मूल्य पाउने उनले विश्वास लिएका छन् ।

बेलायतमा खजाना खोजी गर्ने एक व्यक्तिले गत वर्ष विल्टशायर तथा ह्याम्पशायरको सीमानास्थि वेस्ट डिनमा उक्त ३० पेन्सको सिक्का फेला पारेका थिए । उक्त सिक्का सुनबाट बनेको पुष्टि भएको बेलायती पत्रिका मिररले उल्लेख गरेको छ ।

उक्त सिक्का सन् ८०२ देखि ८३९ सम्मको अवधिमा बनेको हुन सक्ने अनुमान गरिएको छ । त्यतिबेला बेलायतमा वेस्ट स्याक्सनका राजा एक्गबर्टको शासनकाल थियो ।

अहिले उक्त सिक्का १२ वर्षभन्दा बढी समयको भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्